Saturday, December 1, 2007

Article from News of Nepal

तारालाई नेपाली तारा बनाउन रकम संकलन

दमक, (नेस)।
झापा शिवगञ्जका तारा लक्समलाई नेपाली तारा २ बनाउन झापामा रकम संकलन अभियान शुरू गरिएको छ।
क्लोजअप नेपाली तारा २ को उत्कृष्ट ३ भित्र परेका तारालाई एसएमएस भोटिङ गरी जिताउन झापालीहरू लागिपरेका हुन्।
उनलाई मोबाइलबाट एसएमएस भोटिङ गर्नका लागि रकम जुटाउन बिहीबारदेखि दमकमा काउन्टर नै राखिएको छ।
शिवगञ्जको ब्या•डाँडास्थित शान्ति समाज सेवा क्लबले दमक चौकमा काउन्टर राखी एसएमएस भोटिङका लागि रकम संकलन गर्दै लक्समलाई जिताउन पूर्वाञ्चलबासीलाई आ³वान गरेको छ।
दमक जेसिज, दमक उद्योग वाणिज्य संघ, ध्रुवतारा स्पोर्टिङ क्लब, चन्द्रसूर्य सीप विकास संस्थाले समेत शान्ति समाजको आयोजनालाई सघाएका छन्।
यसअघि शान्ति समाजले शिवगञ्ज, दूधे र सुरु•ामा रकम संकलन अघि बढाएको तथा अब चाँडै बिर्तामोडमा पनि यो अभियान थालिने आयोजक सदस्य समिल राईले बताए।
समाजले झापा, मोरङ, सुनसरीका साथै पूर्वाञ्चलका पहाडी जिल्ला ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम र भोजपुरतर्फपनि लक्समको प्रचार प्रसार गरेको छ।
दार्जिलिङतिरसमेत प्रचार प्रसार गरिएको पाइएको छ। दशैंताका धरान, केर्खा, शिवगञ्जलगायतका ठाउँमा लक्सम स्वयम् सहभागी भई सांगीतिक कार्यक्रम आयोजना गरेका थिए।
कलाकार विल्सनविक्रम राई र राजेश घतानी लक्समलाई जिताउने अभियानमा लागिपरेका छन्। शान्ति समाजबाट हालसम्म संकलित २ लाख ८५ हजार बराबरको एसएमएस भोटिङ भइसकेको छ।
आज शुक्रबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुने क्लोजअप नेपाली तारा २ को नयाँ शृंखलामा राज सागर, सूर्यकिरण लामा, सन्तोष लामा र तारा लक्सममध्येबाट एकजना प्रतिस्पर्धी बाहिरिनेछन् र उत्कृष्ट तीन छानिनेछन्।

source: http://www.newsofnepal.com/detailnews.php?type=samachaar&cat=11&id=1310

Bookmark this post:
Ma.gnolia DiggIt! Del.icio.us Blinklist Yahoo Furl Technorati Simpy Spurl Reddit Google

0 Comments:

© Blogger Templates |