Friday, November 23, 2007

युवराज बाहिरिए

From Kantipur

युवराज बाहिरिए

कास

काठमाडौं, नेपाली तारा-२ को उत्कृष्ट पा“चबाट युवराज तिवारी बाहिरिएका छन् । पोखरेली युवा प्रतिस्पर्धी शुक्रबारको संस्करणमा 'बटम लाइन' बाट उक्लन नसक्दा सबैका आ“खा रसाएका थिए ।

'अन्य साथी प्रतियोगिताबाट बाहिरि“दा रुने युवराज हामीलाई रुवाएर टप-५ बाट बाहिरि“दै छ,' कार्यक्रम प्रस्तोता स्वरूपराज आचार्य रुन्चे बोली बोलिरहेका थिए । युवराजले अन्तिम पटक नेपाली तारा-२ को मञ्चमा गाइरह“दा स्वरूपराज दर्शकका आ“खा छल्दै आ“सु चुहाइरहेका थिए । उत्कृष्ट चारमा परेका भोजपुरका राज सागर, धादिङका सन्तोष लामा, मोरङका र्सर्ूयकिरण लामा र झापाका तारा लक्समको अवस्था पनि त्यस्तै थियो ।

'आफू आउट हु“दा पनि मलाई त्यति नरमाइलो हु“दैनथ्यो होला,' सन्तोष भनिरहेका थिए- 'युवराज बाहिरि“दा अकस्मात आ“सु आयो ।'

पप गीतमा रुचि राख्ने युवराजको गायकीलाई नेपाली तारा-२ को सुरुआतबाटै निर्ण्ाायकहरूको मन जितेका थिए । अन्तिम चारमा पर्न दर्शकको भोट भने उनले उति पाउन सकेनन् ।

Bookmark this post:
Ma.gnolia DiggIt! Del.icio.us Blinklist Yahoo Furl Technorati Simpy Spurl Reddit Google

0 Comments:

© Blogger Templates |