Saturday, November 17, 2007

From Nepal Samacharpatra

नेपाली ताराका उत्कृष्ट पाँच छनोट

विदेशी टेलिभिजन र त्यसका कार्यक्रमको मिचाइका कारण चम्किन नसकेको ताराका रूपमा संर्घष्ाका साथ अगाडि बढिरहेको नेपालको सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम क्लोजअप नेपाली तारा २ उत्कृष्ट पाँचको छनोट चरणसम्म पुगेको छ।
दोस्रो अडिसनको यो प्रतियोगिताको उत्कृष्ट पाँच छनोट कार्य बुधबार दिउँसो कुपन्डोलस्थित ग्रुप फोर स्टुडियोमा सम्पन्न भएको छ। नेपाल टेलिभिजनको प्रसारणमा रहेको यो गायन प्रतियोगिताको आगामी शुक्रबार प्रसारण हुने शृंखलाका लागि चलाइएको प्रतिस्पर्धाबाट छ प्रतिस्पर्धीमध्ये एक मात्र महिला प्रतिस्पर्धी रोजिना गुरुङ बाहिरिएकी छन्।
दीपक जंगम, तारा थापा र मुरलिधरको निर्णायकमण्डलले राज सागर, तारा लक्सम, सन्तोष लामा, युवराज तिवारी र र्सूयकिरण लामालाई उत्कृष्ट पाँचको सूचीमा चयन गरेको छ।
११ हजार ३ सय ४५ गायनप्रतिभाले स्पर्धाका लागि आवेदन गरेको तथा ३ सय ३५ प्रतिभाले स्पर्धा गरेको क्लोजअप नेपाली तारा २ मा उत्कृष्ट ४०, २० र १० को प्रतिस्पर्धामा खरो महिला प्रतियोगीका रूपमा अगाडि बढ्दै उत्कृष्ट ६ को सूचीसम्म पुगेकी रोजिना आगामी शृंखलाको स्पर्धाबाट बाहिरिएपछि अब यो प्रतियोगिता महिला गायनप्रतिभारहित हुने भएको छ।
अबका शृंखलाबाट १-१ प्रतिभा बाहिरिँदै गई अन्त्यमा दुइ प्रतिभाबीच स्पर्धा हुने र नेपाली तारा २ छानिने यसका निर्देशक राजेन्द्र शलभले जानकारी गराए।
ँक्लोजअप नेपाली तारा २ का अन्तिम दुइ प्रतियोगीले लन्डन गई त्यहाँ पनि स्पर्धा गर्नेछन् तर निर्ण्ाायक स्पर्धा भने काठमाडौंमै हुनेछ’ -निर्देशक शलभले जानकारी गराए। शलभका अनुसार लन्डनको नेपाली टेलिभिजन च्यानल ग्यालेक्सी टेलिभिजनको प्रायोजनमा अन्तिम दुइ प्रतिस्पर्धीले स्पर्धा गर्नेछन्।
नवप्रतिभालाई प्रेरित गर्न सञ्चालन गरिएको क्लोजअप नेपाली तारा २ मा उपाधि जित्ने प्रतिभाले नगद २ लाख २५ हजारका साथमा बजाजको डिस्कभर मोटरसाइकल हासिल गर्नेछन् भने फस्ट रनरअपले ५० र सेकेन्ड रनरअपले २५ हजार पाउनेछन्।
यसबाहेक नेपाली तारा २ ले आयोजकका तर्फबाट सोलो अडियो एल्बम तथा म्युजिक भिडियो बजारमा ल्याउने मौका पाउनेछन्। त्यसै गरी अन्तिम ३ प्रतिस्पर्धीका लागि मलेसिया तथा नेपाली तारा हुनेले मलेसिया र सिंगापुर घुम्ने मौका पाउने व्यवस्था पनि रहेको छ।

Bookmark this post:
Ma.gnolia DiggIt! Del.icio.us Blinklist Yahoo Furl Technorati Simpy Spurl Reddit Google

0 Comments:

© Blogger Templates |