Saturday, November 17, 2007

from Kantipur

नेपाली तारामा पुरुषमात्र
कास
काठमाडौं, अमेरिकाबाट सुरु भएको अमेरिकन आइडलको लहर इन्डियन आइडल हुँदै नेपालमा आइपुग्दा यति बेला नेपाली सांगीतिक आकाशका ताराहरू खोज्ने दोस्रो नेपाली तारा जारी छ ।
झन्डै १२ हजार प्रतियोगीबीचबाट उत्कृष्ट पाँचमा पुग्दा महिला शून्य भए । अर्थात् महिला प्रतिस्पर्धीको नेतृत्व गरिरहेकी रोजिना गुरुङ बुधबार नेपाली तारा-२ बाट बाहिरिन्, उत्कृष्ट महिला प्रतिस्पर्धीको उपाधि लिएर ।
नेपाली तारा-२ को उपाधिका लागि अब पुरुष प्रतिस्पर्धी मात्र छन् । युवराज तिवारी, राज सागर, सन्तोष लामा, सूर्यकिरण लामा र तारा लक्सम उनीहरू पनि सातामा एक-एक गर्दै बाहिरिन्छन् ।
यो पटकको बटम-३ मा परेका सन्तोष लामा जित्न दर्शकको भोट आवश्यक हुने बताउँछन् । बटम-३ बाट सुरक्षित बनेका सूर्यकिरण लामा पनि
दर्शकको भोटलाई सफलताको श्रेणी मान्छन् ।
पहिलो नेपाली तारामा उत्कृष्ट बीसबाट बाहिरिएपछि दोस्रो पटक भाग लिएका तारा लक्सम भन्छन्- 'तारा त म छँदैछु, अगाडि नेपाली मात्र थप्न बाँकी छ ।' गीत गाइसकेर फर्किँदै गर्दा आत्तिरहेका पोखराका युवराज तिवारी नेपाली तारा बनिन्छ, बनिँदैन भन्न नसक्ने बताउँछन् ।
'प्रतिस्पर्धा कडा छ, सबै जना उस्तै छौं मूल्याङ्कनको जिम्मा निणर्ायक र दर्शकमा ।' भोजपुरका राज सागर नेपाली ताराको उपाधिको पहिलो दावेदार आफू नै रहेको प्रतिक्रिया दिन्छन् ।
'नेपाली तारा म नै बन्नुपर्छ, किन कि मैले कडा मिहिनेत गरेको छु ।'
उत्कृष्ट दसमा परेका प्रतिस्पर्धी धेरै समय सँगै रहे । कन्सर्टका लागि विभिन्न ठाउँ गए । क्लोज क्याम्पमा बसे । तर हरेक साता एक-एक गर्दै उनीहरू छुटिँदैछन् । 'झन्डै २ महिना संँगै बसियो, आज नेपाली तारा-२ बाट बाहिरिँदाभन्दा साथीहरूसँग छुटिँदा नरमाइलो लागेको छ,' रोजिनाले भनिन् । युवराज पनि एकपछि अर्को साथी छुटिएर जाँदा नरमाइलो लाग्ने बताउँछन् । 'प्रतिस्पर्धाको हिसाबमा प्रतिस्पर्धी बाहिरिँदा त खुसी हुनुपर्ने हो तर आत्मियताको हिसाबले म दुःखी हुन्छु, अब यो क्षण हाम्रो जीवनमा कहिल्यै फर्किंदैन,' राज सागरको पनि अनुभव त्यही छ, 'साथीहरू हरेक साता छुट्नु पर्दा के-के गुमाए जस्तो भान भइरहेको छ ।'

Technorati Tags: , ,
Bookmark this post:
Ma.gnolia DiggIt! Del.icio.us Blinklist Yahoo Furl Technorati Simpy Spurl Reddit Google

0 Comments:

© Blogger Templates |